सकियो भाषा सम्पादन सम्बन्धी तालिम

रत्ननगर, २७ जेठ । पूर्वी चितवनका क्रियाशिल पत्रकारहरुलाई भाषा सम्पादन सम्बन्धी तालिम दिइएको छ ।

विप्स मिडियाको संयोजनमा रत्ननगर नगरपालिकाले आयोजना गरेको सो तालिममा ३० जनाको सहभागिता रहेको थियो । लामो समय देखि पत्रकारितामा क्रियाशिल पत्रकारहरुको लेखनमा निखरता तथा भाषागत त्रृटि दोहोरिन नदिन तालिम आयोजना गरिएको हो । समापन कार्यक्रममा रत्ननगरका मेयर प्रल्हाद सापकोटाले पत्रकारहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

 

सो अबसरमा उनले तथ्यपरक समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्दै त्यसले पत्रकारिताप्रतिको विश्वासनियता समेत बढाउने बताए । उनले नगरपालिकामा भएको भष्टाचारका समाचार प्रमाणसहित लेख्ने पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरे । मेयर सापकोटाले जनप्रतिनिधिलाई सचेत गराउने र नगरको विकास निर्माणमा भएका काम र उपलब्धीको समेत समाचारको विषय बनाउन पत्रकारहरुलाई आग्रह गरे । दुई दिने सो तालिममा विमल आचार्यले प्रशिक्षण दिएका थिए ।–00–

Share:

सम्बन्धित समाचारहरु