दुर्गा प्रसाईंको धरौटी आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च जाने

काठमाडौं, २० साउन । दुई फरक मुद्दामा संलग्न रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ।

महान्यायाधिवक्ताको कार्यालयले उक्त आदेशको अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको हो।

कार्यालयका प्रवक्ता उद्धव पुडासैनीका अनुसार पाटन उच्च अदालतको आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत रहेको निष्कर्षसहित सर्वोच्च अदालतमा निवेदन दर्ता गरिने तयारी भएको छ। ‘दुवै आदेश न्यायको मान्य सिद्धान्त र कानूनी व्यवस्थाविपरीत रहेको हाम्रो निष्कर्ष हो,’ पुडासैनीले भने, ‘यस्तो आदेशले विधिको शासनलाई प्रवर्द्धन गर्दैन भन्ने निष्कर्षका साथ हामी सर्वोच्च अदालतमा निवेदन लिएर जान लागेको हो।’

यसअघि उच्च अदालत पाटनले आइतबार दुर्गा प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अभियोगमा ३ लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।–00–

Share:

सम्बन्धित समाचारहरु