कालिका, २१ जेठ । कालिका नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम बजेट तयारीका लागि राय सुझाव लिँदैछ ।
राजनीति दल, विभिन्न संघ संस्थाका प्रतिनिधि,नागरिक समाजका अगुवाहरू, विभिन्न टाेल विकास संस्थाका प्रतिनिधिहरूसंग नीति तथा कार्यक्रमकाे विषयमा अन्तरक्रिया कार्यक्रमनै आयाेजना गरेर सुझाव संकलनगर्दैछ ।

कालिकाकाे वडा नं २ स्थित भूमिहीन,दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसाेबासीकाे विवरण र तथ्यांक संकलनकाे सभाहलमा कार्यक्रम आयाेजना गरिएको छ ।
अन्तरक्रिया कार्यक्रम मार्फत समग्र नगरपालिका क्षेत्रकाे विकासका लागि आर्थिक वर्ष २०८०/०८१ का लागि कुन कुन कार्यक्रमलाई समावेश गर्न आवश्यक छ भन्ने विषयमा रायसुझाव दिनेछन् । नगरका मेयर विनाेद रेग्मीको अध्यक्षतामा कार्यक्रम आयाेजना गरिएको छ । नगरकी उपप्रमुख विमला लामाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिहरूकाे उपस्थिति छ ।





