कालिका, २० जेठ । चितवनको कालिका नगरपालिकाले ४४ जना विपन्न एकल महिलालाई बाख्रा वितरण गरेको छ ।
नगर क्षेत्र भित्र रहेका अति विपन्न एकल महिलालाई स्थानीय जातको माउ पाल्न योग्य कोरेली जातको बाख्रावितरण गरेको हो । आर्थिक अबस्थामा सुधार ल्याउने उद्देश्यले नगर भित्रका विपन्न एकल महिलाहरुलाई बाख्राकोको पाठी वितरण गरिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए ।
आगामी बर्षमा पनि एकल महिलाको सीपविकास र आयआजर्नमा सहयोग पुग्ने कार्यक्रम ल्याउने उनले बताए । एकल महिलाहरुलाई दिगो रुपमा आम्दानीको स्रोत जुटाउन नगरपालिका तयार रहेको नगर प्रमुख रेग्मीले प्रतिवद्धता जनाए । स्थानीय श्रीलगनशील सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध शेयर सदस्यहरुले गरेका बाख्रा पालन व्यवसायवाट उत्पादन भएका स्थानीय जातका बाख्राको पाठी वितरण गरिएको हो ।
व्यवसायिक रुपमा बाख्रापालनको सुुरुवातको लागि विउपूँजिका रुपमा प्रजनन् योग्य पाठी वितरण गरिएको नगर उपप्रमुख विमला लामाले जानकारी दिए। आर्थिक अबस्था कमजोर भएका महिलाको सीप विकास मार्फत आयआर्जनका लागि तालिम दिएर बाख्राको पाठी वितरण गरिएको उमप्रमुख लामाको भनाइए छ ।,
बाख्रा वितरण अघि बाख्राको रेखदेख, स्यहारसुसारसँगै खानपिन, गोठसुधार लगायतका विषयमा तीनदिन तालिम समेत आयोजना गरिएको थियो । पशुसेवा शाखाका प्रमुख इश्वरी पौडेल र प्राविधिक हरिलाल डाँगीले प्रशिक्षण दिएका थिए । उपमेयर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्याय, सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठ, नगर स्तरीय एकल महिला समन्वय समितिकी अध्यक्ष राधिका अर्याल, सुचना अधिकारी प्रकाश पौडेल लगायतको सहभागिता रहेको थियो ।
तस्विरः सेतो नेपाल-




–00–


