राज्यले हामीलाई दिएको आवश्वासन पुरा गरेनः स्थानीय

निकुञ्जवाट विस्थापित चेपाङ समुदायलाई एनजीओकै भर -भिडियो सहित

माडी, १९ जेठ । माडी नगरपालिका वडा न. ७ देवेन्द्रपुरस्थ्ति परवीखोला किनारमा रहेका ५५ घरधुरी चेपाङको दैनिकी एनजीओमै निर्भर छन् ।  माडी नगरपालिका वडा नं. ९ स्थित कुसुमखोला क्षेत्रवाट निकुञ्जले विस्थापित गरेपछि नगरपालिकाको आवश्वासनमा देवेन्द्रपुरस्थ्ति खोलाकिनारमा आएर बसोबास गर्न लागेका हुन।

२०७५ सालमा परवीखोला किनार झरेका ५५ घरपरिवार अहिलेपनि एनजीओमै निर्भर छन् । नगरपालिकाले आफ्नो प्रतिवद्धता पुरा नगरेको उनीहरुको गुनासो छ । खरको छानोलाई विस्थापितगरी टिनको छानो हाल्ने सरकारको योजनापनि पुरा भएको छैन । एनजीओले दिएको राहतले आफुहरुको दैनिकी चलेको स्थानीय चेपाङहरुका अगुवा छवि चेपाङले बताए । कुुसुमखोला छाडेर आएपछि यो ठाउँमा अलपत्र परेको यहाँका चेपाङहरु बताउँछन । नगरपालिकाले भन्दा विभिन्न संघसंस्थाले यिनीहरुलाई सहयोगगर्दै आएको छ ।

चेपाङहरुको छातासंगठन नेपाल चेपाङ संघ, मदत नेपाल, ह्रयाबट नेपाल, नेपाल आदिवासी जनजाति महासंघ, जनजाति महिला महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाले सचेतनामूलक कार्यक्रमदेखि दैनिक उपभोग्य सामग्री वितरण गरेर सहयोग गर्दैै आएको छ । स्थानीय धमबहादुर प्रजाले आफुहरुलाई दैनिक उपभोग्य सामग्रीभन्दापनि सिपमूलक कार्यक्रम आवश्यक रहेको बताए । सिपसिकेर स्वरोजगार बन्न चाहन्छौं उनले भने ।

 

५५ घरपरिवार मध्ये अधिकाङस परिवार शौचालय विहीन छन् । भएका केहीले पनि च्यातिएका कपडा तथा बोराको प्रयोग गरेर कच्चि शौचालय बनाएका छन् । राज्यले सामान्य आधारभूत आवश्यकतावाट समेत यो बस्तिलाई बञ्चित गराएको छ । अहिले केही घरमा शौचालय बन्दैछ । त्यो पनि युकेको सहयोगमा निर्माणहुँदैछ ।

उनिहरुले प्रयोगगर्ने शौचालय
उनिहरुले प्रयोगगर्ने शौचालय

खोलाको किनारमा बालुवामाथी यिनीहरुको बसोबास छ । परवीखोला गाउँमै प्रवेशगर्ने डरपनि उत्तिकै छ । तर पछिल्लो पटक चुरेसंरक्षण कार्यक्रम अन्तर्गत खोलाकिनारमा ड्याम बनाउने काम भइरहेको छ । ड्याम बन्यो भने बर्षातकोबेला बाढी बस्तीमा प्रवेशगर्ने क्रम त रोकिएला तर बालुवामात्रै भएको जग्गामा कसरी उत्पादन बढ्ला ? चेपाङहरु अन्यौलनमा छन् ।

 

बस्तीसर्ने बेला तत्कालका लागि भनेर नगरपालिकाले प्रतिधरधुरी लगभग एककट्ठा जग्गामा घर बनाउन दिएको थियो । घर बनाएर बाँकी भएको जग्गामा अहिले मकै लगाएका छन् । बालुवामात्रै भएकाले सोचेजस्तो बाली फल्दैन ।
चेपाङहरुलाई गाउँमा खान लाउन समस्या छ । बनजंगल खोला र पानीमा रमाउने यि समुदाय अहिले यो ठाउँलाई साँघुरोमानेका छन् । वस्तीमा एउटामात्रै धारा संचालनमा छ । पेटभरी पानी समेत पिउन समस्या छ स्थानीयले गुनासो गरे ।

घरकै अगाडी विद्युतको तारपोल आइपुगको छ आर्थिक अभावले टुक्कीमै निर्भर छन् ।
घरकै अगाडी विद्युतको तारपोल आइपुगको छ आर्थिक अभावले टुक्कीमै निर्भर छन् ।

खेतीबालीको समयमा अरुकोमा ज्याला मजदुरी गर्न जान्छौं, सिजन सकिएपछि यतैकै दिन विताउन बाध्य रहेको स्थानीय कमला चेपाङले बताइन । आर्थिक अभावका कारण घर अगाडी विजुलीवत्तीको पोल आएपनि अधिकाङस परिवार टुक्की बाल्न बाध्य छन् । विजुलीवत्तीका लागि मिटरबक्स जडानगर्न १२ देखि १३ हजार खर्चगर्नुपर्छ । आफुहरुसँग त्यत्रो रकम खर्चगर्न सक्ने क्षमता छैन स्थानीय कमला चेपाङले भनिन बरु टुक्कीनै हाम्रो लागि ठिक छ ।-

नेपाल आदिवासी जनजाति महिला महासंघले आयोजना गरेको कार्यक्रममा सहभागीहुँदै स्थानीय महिलाहरु ।
नेपाल आदिवासी जनजाति महिला महासंघले आयोजना गरेको कार्यक्रममा सहभागीहुँदै स्थानीय महिलाहरु ।

 

-00–

Share:

सम्बन्धित समाचारहरु