खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना प्रहरीको नियन्त्रणमा

भरतपुर,९ जेठ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकी ८ बजेको समयमा भरतपुर–४, यज्ञपुरीबाट दुई युवकलाई खैरो हेरोइनजस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको छ ।

 

पक्राउ पर्नेमा भरतपुर–५ बस्ने २४ वर्षीय विमर्श शाही र भरतपुर–७ बस्ने १९ वर्षीय आयुष गुरूङ रहेका छन् । प्रहरी टोलीले निजहरुलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा प्यास्टिकको पुरियामा ४ ग्राम ७०० मिलिग्राम प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो पदार्थ लुकाइछिपाइ राखेको अवस्थामा फेला पारेको हो ।

 

निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

–00–

Share:

सम्बन्धित समाचारहरु