रत्ननगर, ३२ असार ।
रत्ननगर नगरपालिका, पूर्वी चितवनले कार्यालय, वडा र स्वास्थ्य संस्थामा कार्यरत १५ जना ज्यालादारी कर्मचारीलाई नयाँ आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि हटाएको छ। प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार कार्यसम्पादन सन्तोषजनक नभएको र नीति–विधिका कारण केहीलाई निरन्तरता दिन नसकिएको हो।
त्यस्तै, केही करार कर्मचारीहरूको म्याद पनि थप नहुने जनाइएको छ। समयमा कार्यालयमा उपस्थित नहुनु, जिम्मेवारी पूरा नगर्नु, र आदेश नमान्ने व्यवहारका कारण उनीहरूलाई निरन्तरता नदिइएको पालिकाले स्पष्ट पारेको छ। आवश्यकता परेमा पुन: त्यही कर्मचारीलाई प्राथमिकता दिने भनिएको छ। –00–


