गैँडाकोट, १७ बैशाख । भ्रष्टचारको मुद्धा दर्तामा पाँचवर्ष म्यादको प्रावधान राख्नेगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधनगर्ने विद्येक खारेजीको मागगर्दै नवलपुरको गैडाकोटमा रिले अनसन सुरु भएको छ ।
गैडाकोटका नागरिक अगुवाहरुले सुरु गरेको रिले अनसनमा स्थानीय महिला र यहाँका निजी क्षेत्रले पनि समर्थन जनाएका छन् । आयोग्य लडाकुलाई प्रति व्यक्ति २ लाख रुपैया दिने कार्यविधि खारेजको मागलाई समेत यिनीहरुले उठाएका छन् । गैडाकोटको काँग्रेस चोक स्थित यात्रु प्रतिक्षालयमा पाल टाँगेर चौविस घण्टे रिले अनसन सुरु गरेका हुन ।
यो विषयमा यो क्षेत्रका सांसदले संसदमा यो कुरालाई प्राथमिकताका साथ उठाउने बाचा नगरे सम्म यो रिले अनसन जारी रहने रिले अनसनका संयोजक गोकुल सापकोटाले बताए । भोली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नवलपुरकै एउटा कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । नवलपुर आएको बेला यि विषयसँगै समग्र व्यतिथिको विषयमा ज्ञापन पत्र बुझाउने समेत कार्यक्रम छ । सर्वत्र विरोध भइरहेको यो विषयमा प्रधानमन्त्री दाहालको प्रतिक्रिया सुनेपछि मात्रै रिले अनसन स्थगीत हुने उनको भनाई छ ।
रिले अनसनलाई सफल बनाउन तीन तीन घण्टामा आलोपालोगरिरहेका छन् । स्थानीय व्यवसायि देखि विभिन्न महिला समुहका दिदी बहिनीहरुको पनि सक्रिय सहभागीता छ । जिल्ला समन्व परिषद नवलपुरका पूर्व उपप्रमुख समेत रहेकी शारदा विश्वकर्माले देशका व्यतिथिलाई सुधारगर्न आफुहरु यो अभियानमा सहभागी भएको बताईन । देशमा भएको भ्रष्टचारीहरुलाई जोगाउन खोजेका कारण हामी त्यसको विरोधमा जुटेका हौं उनले भनिन । केन्द्रमा बसेर गरिएको निर्णयलाई आँखा चिम्म गरेर हामीले स्वीकारगर्दै आएका कारणपनि यो देशमा भ्रष्टचार लगायतका व्यतिथि बढ्दै गएको उनको भनाई छ ।
भ्रष्टचार न्यूनिकरणगर्न पहलगर्नुपरेमा उल्टै भ्रष्टचारलाई संरक्षणगर्ने खालका योजनाहरु अघि सारिएकाले त्यसको विरोध गर्न आफुहरु रिले अनसनमा सहभागी भएको स्थानी पारिजात आमा समुहकी अध्यक्ष सितादेवी शर्माले बताईन । दशवर्ष अघि गरेको बद्मासी जतिबेला पनि तिनले सजाय पाउनुपर्छ, सीमित समय दिएर भ्रष्टचारीलाई संरक्षण दिनेखालका नीति मान्य नहुने उनको भनाई छ । –000–

