चितवन प्रशासनले सार्वजनिक सूचना जारी गर्दै पाँच बुँदे निर्देशन

चितवन । चितवन जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सार्वजनिक सूचना जारी गर्दै विभिन्न निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको हस्ताक्षरमा जारी सूचनामा कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई पाँच बुँदामा निर्देशन दिइएको छ।

सूचनाअनुसार:

  1. आ–आफ्नो कार्यक्षेत्र भित्रको परिसर सफा–सुग्घर राख्नुपर्ने।

  2. कार्यालयमा भएको फर्निचर, जग्गा–जमिन, भवन, सवारी साधन, सामग्री आदि सुरक्षित राखी दुरुपयोग हुन नदिन र प्रयोगमा ल्याउँदा सचेत रहनुपर्ने।

  3. भन्सार, नारायणी अञ्चल अस्पताललगायतका कार्यालय बिहान १० बजेबाट दिउँसो २ बजेसम्म सञ्चालन हुने।

  4. कार्यालयको अवस्था विश्लेषण गरी नियमित सेवा प्रवाहमा सुधार गर्ने बिषयमा आन्तरिक तयारी गर्नुपर्ने।

  5. आवश्यक सूचनाहरु लिखित रुपमा तयार राखी सुरक्षित राख्नुपर्ने।

यस्तै, सेवाग्राही वा कर्मचारीले शान्ति सुरक्षा सम्बन्धी समस्या अनुभव गरे तत्काल सम्पर्क गर्नुपर्ने पनि सूचनामा भनिएको छ। यसका लागि प्रमुख जिल्ला अधिकारीदेखि सुरक्षासम्बन्धी अधिकारीहरूसम्मका सम्पर्क नम्बर सार्वजनिक गरिएको छ।

प्रजिअ अर्यालले जिल्लामा शान्ति सुरक्षा अबस्था सामान्यीकरण हुँदै गइरहेको र सूचनामा उल्लिखित व्यवस्था पालना गर्न आग्रह गरेका छन्।

–00—

Share:

सम्बन्धित समाचारहरु