चितवन, १० बैशाख । चितवन क्षेत्र नं. २ को सम्पन्न उपनिर्वाचनमा ५९ प्रतिशत मतदान भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक सूचना अनुसार ५९ प्रतिशत मतदान भएको हो । जुन अघिल्लो निर्वाचन भन्दा कम हो । अघिल्लो पटक चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६७ दशमलव ६३ प्रतिशत मत खसेको थियो । –00–


