कालिका वडा नं. २ ले यो वर्षमात्रै १६ सयमिटर बाटोमा कालोपत्रे गर्यो

कालिका, २१ जेठ । कालिका नगरपालिकाको वडा नं. २ मा आर्थिक वर्ष २०८०- ०८१ मा अहिले सम्म १६ सय मिटर बाटोमा कालोपत्रे भएको छ । बाटो नं २, ६ र सृजनाचोकदेखि ९ नम्बर बाटो सम्म कालोपत्रे पुगेको छ ।

 

यस्तै बलरामपुर अमृते सिमाना सडक, कमलपुर सिमाना सडकमा कालोपत्रे भइसकेको वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण प्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा न. अन्तर्गत महिला संजालको बाटो (कवर्डहल सडक) कालोपत्रे भइसकेको छ । यस्तै सुगम महतोको घरदेखि खानेपानी ट्यांकी नजिकैको कल्वट सम्मको बाटोमा पनि कालोपत्रे यसै आर्थिक वर्षमा भएको हो ।

अझै केहीबाटोहरुमा कालोपत्रेको काम भइरहेको छ । अघिल्लो वर्ष वडा नं. २ मा २७ सय मिटर कालोपत्रे भएको थियो ।

–00–

Share:

सम्बन्धित समाचारहरु