भरतपुर भ्रमणबर्ष २०२४ का लागि चितवन फोटोग्राफीसंग सहकार्य गर्न तयार छौं – उपमेयर अधिकारी

सौराहा, ३० चैत्र । चितवन फोटोग्राफी संघको ४१ औं साधरण सभा पर्यटकीय नगरी सौराहामा सम्पन्न भएको छ । साधरण सभाको भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै उपमेयर अधिकारीले भरतपुर महानगरपालिका चितवन फोटोग्राफीसंग सहकार्य गर्न तयार रहेको बताएका छन् । महानगरले आर्थिक वर्ष २०२४ लाई भ्रमण बर्षको रुपमा लिएको छ । महानगर क्षेत्रभित्रका पर्यटकीय क्षेत्रहरुको फोटो खिचेर प्रचार प्रशारमा फोटोग्राफरहरुसँग सहकार्य गर्न सकिने बताए । ‘तपाईहरुको कलाले लुकेको रहस्यम विषयहरु आम सर्वसाधरण सम्म पुग्नेमा विश्वस्त छौं उनले भने ।

उपमेयर अधिकारीले मुलुकको विकासमा फोटोग्राफरहरुको योगदान अतुलनय रहेको बताए । फोटो खिच्ने कला मार्फत नेपालमा पर्यटकीय क्षेत्रहरुको प्रचार प्रचार देखि यहाँको आर्थिक चलायमान बनाउन फोटोग्राफरहरुले योगदान दिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपमेयर अधिकारीले चितवन फोटोग्राफी संघलाई सबै फोटोग्राफरहरुको छाता संस्थाको रुपमा विकास गर्न सुझाव दिए । पालिका स्तरमा सुचिकृत भएर सबै पालिकावाट प्रतिनिधित्व हुनेगरी अगाडी बढ्न सके यसमा अझै राम्रो भविष्य रहेको बताए ।

कार्यक्रममा चितवन फोटोग्राफी संघका अध्यक्ष धुब्र सापकोटाले आर्थिक मन्दीको चपेटामा व्यवसायीहरु रहेको बताए । डिजिटल सिस्टमको नाउँमा राज्यले फोटोग्राफरहरुको कयौं काम खोसेकाले पनि व्यापार व्यवसाय गर्न जटिल बन्दै गएको जिकिर गरे । ‘ अहिले सटरको भाडा तिर्न समेत कठिनाई छ उनले थपे ।
महानगरले आर्थिक व्यवस्थापन गरेर चितवनका फोटोग्राफरहरुलाई तालिम दिन सके चितवन फोटोग्राफीको हव बन्न सक्ने बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष देवेन्द्र गुरुङ, निवर्तमान अध्यक्ष लक्ष्मण गुरुङ, सल्लाकार इश्वरी ढकाल, गैरीबारी रिसोर्टका संचालक शिव प्रसाद लम्साल लगायतले बोलेका थिए ।

कार्यक्रममा संंस्थाको वार्षिक प्रतिवेदन सचिव विपिन खतिवडाले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रवेश घिमिरेले प्रस्तुत गरेका थिए । कार्यक्रम चितवन फोटोग्राफी संघका अध्यक्ष धुब्र सापकोटाको अध्यक्षतामा आयोजना गरिएको हो । २०३७ सालमा स्थापना भएको चितवन फोटोग्राफी संघ चितवनका क्रियाशील फोटोग्राफरहरुको छाता संस्था हो ।–00–

 

Share:

सम्बन्धित समाचारहरु