कालिका । नेपाल दरै उत्थान समाज चितवनको सातौं जिल्ला अधिवेशन कालिका नगरपालिकामा सुरु भएको छ । अधिवेशनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई संवोधनगर्दै मेयर रेग्मीले लोप हुँदै गएको आदिवासी जनजाति समुदायको संस्कार,संस्कृति संरक्षणमा यस्ता खालका कार्यक्रमले महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर रेग्मीले सम्बृद्ध नेपाल र सुखी नेपाली को नारालाई साकार बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा दरै समुदायवाट पहिलो पटक पिएचडी गर्ने डा. राजेन्द्र दरैलाई दोसल्ला सहित सम्मापन पत्रले सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष रामबहादुृर दरैको अध्यक्षतामा भइरहेको कार्यक्रममा समाजका कोषाध्यक्ष बाबुराम दरैले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ भने सचिव रेशम दरैले सांगठनीक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
आदिवासी जनजाति महासंघ संग आवद्ध विभिन्न जातिय संस्थका प्रतिनिधि सहित स्थानीय जनप्रतिनिधि एवम् दरै समुदायका अगुवाहरु कार्यक्रममा सहभागी छन् । २०३७ सालमा स्थापना भएको दरै उत्थान समाज समग्र दरै समुदायको छाता संस्था हो । अधिवेशन उद्घाटन सत्रमा विभिन्न सांस्कृति नृत्यहरु चलिरहेको छ ।
अधिवेशन चारवर्षका लागि नयाँ कार्य समिति चयनगर्दै सकिनेछ ।














