काठमाडौं, ५ असार । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरुमाथिको जारी छलफलअन्तरगत तीनवटा मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुनेछ।
शहरी विकास,खानेपानी, अर्थ र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ। –00–


