चितवन, फागुन ११–
पहिलो सँस्करणको ‘एक्सपर्ट क्वीज च्याम्पियन २०२३’ को दोस्रो इपिसोड आज प्रशारण हुँदैछ ।
आज ९बिहीबार० साँझ ७ः३० बजेदेखि टिभी कालिका एचडी र नारायणी टिभी युट्युव च्यानलमा एकसाथ प्रशारण हुन लागेको हो । क्वीजको समुद्घाटन सत्र गत शुक्रबार र पहिलो इपिसोड शनिबार साँझ प्रशारण गरिएको थियो । पहिलो इपिसोडबाट बछौली माध्यमिक विद्यालय रत्ननगर दोस्रो चरणमा प्रवेश गरेको थियो । आज दोस्रो इपिसोडमा विश्वप्रकाश माध्यमिक विद्यालय भरतपुर, इडन गार्डेन स्कुल भरतपुर र शरदपुर माध्यमिक विद्यालय भरतपुरबीच प्रतिस्पर्धा हुँदैछ ।
नारायणी एडभटाईजिङ एण्ड इभेन्ट्स प्रा।लि।को आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनको प्रस्तुतीमा क्वीज संचालन गरिएको हो । क्वीजमा चितवनका कुल ४८ वटा माध्यमिक विद्यालय तथा कलेजहरुको सहभागिता रहेको छ । यस क्वीज कार्यक्रम करिव दुई महिनासम्म प्रशारण हुनेछ । हरेक साताको बिहीबार, शुक्रबार र शनिबार साँझ ७ः३० बजेदेखि क्वीज प्रशारण हुने आयोजक नारायणी एडभटाईजिङ एण्ड इभेन्ट्सका अध्यक्ष राजु चौधरीले जानकारी दिए । प्रत्येक इपिसोडबाट एक टिम सेमीफाइनल राउण्डमा प्रवेश गर्नेछ ।
चितवनकै सर्वाधिक धनराशीको यस प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै द्धितीय हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने तृतीय हुनेले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने नारायणी एडभटाईजिङ एण्ड इभेन्ट्सका निर्देशक कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागि सबै विद्यार्थीहरुलाई आकर्षक उपहार प्रदान गरिने छ भने सहभागि विद्यालयलाई पनि विशेष मायाको चिनो प्रदान गरिने छ ।
यस क्वीजलाई अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकामा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले प्रस्तुत गरेको छ भने अष्ट्रेलियामा रहेको ब्राइटन कलेज र अष्ट्रेलियन स्कुल अफ एकाउण्टिङ ९एएसए०ले सहकार्य गरेको छ । पावर्ड बाइमा युनाइटेड टेक्निकल कलेज भरतपुर रहेको छ । यस्तै सहयोगी संस्थाहरुमा हिसान चितवन, वैष्णव, सगरमाथा टेलरिङ सटिङ एण्ड सुटिङ लायन्स चोक नारायणगढ, नेपो फर्निचर, हस्पिटालिटी पार्टनरमा होटेल सिराइँचुली, होटल ह्याप्पी होम कमलनगर नारायणगढ रहेका छन् । मिडिया पार्टनमा नारायणी अनलाइन, कालिका एफएम, सञ्चारपत्र दैनिक, सेतो नेपाल डटकम, ब्रोडकास्टिङ पार्टनमा टिभी कालिका एचडी र नारायणी टिभी रहेको छ ।


