चितवनको भरतपुरमा कार र मोटरसाईकल ठोक्किँदा एकजना सिपाहीको मृत्यु, एकजना घाइते

चितवन,१६ साउन । चितवनको भरतपुर महानगपालिकामा कार र मोटरसाईकल ठोक्किँदा एकजना सिपाहीको मृत्युभएको छ भने एकजना घाइते भएका छन् ।

 

हिजो साँझ ७ः२५ बजेको समयमा पोखरा बसपार्कबाट रामनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ३२८९ नम्बरको कारमा बिपरित दिशाबाट आइरहेको ग २० प ८३१८ नम्बरको मोटरसाइकलको लेगाडले लाग्दा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पर्खालमा ठोक्किएको थियो ।

 

मोटरसाइकल पर्खालमा ठोक्किदा नम्बर २ विपद् ब्यवस्थापन गण रसौली ब्यारेकमा कार्यरत तनहुं भानु नगरपालिका–१२ बस्ने अन्दाजी २७ वर्षीय सिपाही निगम नेपाली सार्की र बन्दिपुर गाउँपालिका–३ बस्ने वर्ष २६ को दिनेश थापा गम्भिर घाइते भएका थिए ।

दुवै जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकोमा निगम नेपाली सार्कीको उपचारको क्रममा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार सँगै सवार रहेका दिनेश थापाको उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ ।
कार चालक धादिङ धुनिबेसी नगरपालिका–७ बस्ने वर्ष ४२ को राजु भण्डारी र कार जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छ ।—00–

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु