युवाशक्तिलाई स्वदेशमै रोक्नुपर्छ : गण्डकी प्रदेश प्रमुख

भदौ १४, भरतपुर । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङले आदिवासी जनजाति समुदायमा पनि राजनैतिक चेतको विकास भइसकेको दाबी गरेका छन्। तर, आफ्नो जाति र जातिको हकअधिकारका विषयमा बोल्ने आदिवासी जनजाति नेताहरू भने कमै रहेको हुँदा ती नेताहरूलाई जनस्तरबाटै खबरदारी गर्नुपर्ने बताए।

आइतबार महाबौद्ध गुम्बा तीनखोलेस्थित तमू संग्रहालय भवनको उद्घाटन गर्दै प्रदेश प्रमुख गुरूङले भने, ‘हाम्रै समुदायका नेताहरूले सोच्ने हो भने हामीले अब दुःख पाउनु पर्दैन।’ तर, अहिले युवाहरू हुर्किएपछि विदेश जाने परम्परा नै बनिसकेको भन्दै उनले चिन्ता व्यक्त गरे।

‘विशेष गरी गुरूङ समुदाय र समग्र आदिवासी जनजाति समुदायका छोराछोरीको विदेश मोह व्यापक बन्दै गइरहेको छ। देश विकासको लागि ती युवाशक्तिलाई हामीले स्वदेशमै अड्काउन सक्नुपर्छ,’ उनले भने, त्यो काम चितवनका गुरूङ समुदाय र तमू ह्युल छोँज धीँबाट सुरूवात गर्न पनि सकिन्छ।’

Share:

सम्बन्धित समाचारहरु