काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् ।
भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्थालगायत विषयमा समेत छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए ।
भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शाहले राष्ट्रपतिसँग परामर्श नगरेको विषयमा आलोचना भइरहेको थियो ।
प्रधानमन्त्री बनेपछि शाहले राष्ट्रपति पौडेलसँग गरेको यो दोस्रो भेटवार्ता हो । यसअघि तराईमा दंगा भएपछि उनले राष्ट्रपतिसँग संवाद गरेका थिए ।


