राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

सभापति लामिछाने शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

लामिछानेको सचिवालयका अनुसार भेटका क्रममा सरकार, संसद्, अध्यादेश तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । यसअघि सभापति लामिछानेले बिहीबार प्रधानमन्त्री बालेन शाहसँग पाँच घण्टा लामो छलफल गरेका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि उनी आज राष्ट्रपति पौडेलसँग भेटवार्ताका लागि शीतल निवास पुगेका हु

Share:

सम्बन्धित समाचारहरु