सोलुखुम्बु हेलिकप्टर दुर्घटना : भारतीय नागरिकको मृत्यु, दुई घाइते

विराटनगर । सोलुखुम्बुमा अवतरणका क्रममा दुईवटा हेलिकप्टर एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुने र घाइतेहरूको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा भारतीय नागरिक वसन्तकुमार बलरा माडुको मृत्यु भएको हो । ल्यान्ड गर्ने क्रममा दुई हेलिकप्टर एकआपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए । दुर्घटनापछि उनलाई उद्धार तथा उपचारको प्रयास गरिएको भए पनि उनको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा शैलेश किसान पट्टेल घाइते भएका छन् । यस्तै, फिस्टेल एयरका पाइलट पनि दुर्घटनामा घाइते भएका छन् । दुर्घटनामा घाइते भएका दुवै जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दुई हेलिकप्टर अवतरणका क्रममा एकआपसमा ठोक्किएपछि दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ । दुर्घटनाको विस्तृत कारणबारे भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Share:

सम्बन्धित समाचारहरु