काठमाडौं । यस वर्षको मनसुन औसतभन्दा १२ दिन ढिलो गरी आजदेखि देशभरबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन औसत समयभन्दा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो।
महाशाखाका अनुसार गत असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको थियो। त्यसको करिब १२ दिनपछि मनसुन देशभरबाट बाहिरिएको हो।
मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहने महाशाखाले जनाएको छ।


