सुनसरी घटनाबारे सरकार सक्रिय रहेको रवि लामिछानेको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनाका विषयमा सरकार आवश्यक रूपमा सक्रिय रहेको बताएका छन्।

उनले मंगलबार आफूले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै घटनाबारे विभिन्न राजनीतिक दलका धारणा संकलन गरी सरकारको ध्यानाकर्षण गराइने जानकारी दिए।

बैठकपछि पत्रकारहरूले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएका थिए। त्यसको जवाफमा लामिछानेले उक्त बैठक सरकारको नभई राजनीतिक दलका शीर्ष नेताहरूबीचको छलफल भएकाले सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधित्व गरेको बताए।

उनले सुनसरी घटनालाई गम्भीर रूपमा लिएर सबै पक्षसँग परामर्श भइरहेको उल्लेख गर्दै प्राप्त सुझाव र धारणा सरकारसमक्ष प्रस्तुत गरिने बताए।

Share:

सम्बन्धित समाचारहरु