साउदी अरेबियामा कैद रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौं। साउदी अरेबिया सरकारले त्यहाँका विभिन्न कारागारमा रहेका ३३ जना नेपाली नागरिकको कैद सजाय माफ गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार रमजानको अवसरमा साउदी सरकारले विशेष आममाफीअन्तर्गत नेपाली कैदीहरूको सजाय माफ गरेको हो। यसका लागि रियादस्थित नेपाली दूतावासले गरेको अनुरोधपछि साउदी सरकारले उक्त निर्णय लिएको मन्त्रालयले जनाएको छ।

नेपाली नागरिकलाई आममाफी प्रदान गरेकोमा परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै साउदी सरकारप्रति आभार व्यक्त गरेको छ। मन्त्रालयले साउदी सरकारले देखाएको यस सद्भावपूर्ण कदमको नेपालले उच्च कदर गर्ने उल्लेख गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि आममाफी पाएका नेपाली नागरिक स्वदेश फर्किनेछन्।

Share:

सम्बन्धित समाचारहरु