काठमाण्डौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो स्वास्थ्यमा पर्याप्त सुधार आएमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुने बताएका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू अझै पूर्ण रूपमा स्वस्थ नभएको उल्लेख गरे। उनले भोलिसम्म स्वास्थ्यमा उल्लेखनीय सुधार भए चितवन जाने योजना रहेको बताए।
प्रचण्डले भने, “म अझै पूर्ण रूपमा निको भइसकेको छैन। भोलिसम्म ताजगी महसुस भयो भने चितवन जान्छु।” – यसैबीच, उनले वाम एकताको सम्भावनाबारे विभिन्न राजनीतिक दलहरूसँग छलफल भइरहेको जानकारी पनि दिए।


