आगामी आर्थिक वर्षका लागि कालिका नगरपालिकाको बजेट : १ अर्ब १ करोड ६३ लाख ६६ हजारको बजेट प्रस्तुत

चितवन,५ असार । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु १ अर्ब १ करोड ६३ लाख ६६ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको छ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रमलाई आत्मसात गर्दै राजस्व तथा अनुदान प्राप्तिको अनुमानका आधारमा उक्त बजेट ल्याएको हो।बजेट कालिका नगरपालिका उप प्रमुख विमला तमाङले सार्वजनिक गर्नुभएको हो ।

प्रस्तुत बजेट अनुसार संघीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँड, वन रोयल्टी तथा खानी तथा खनिज रोयल्टीमार्फत प्राप्त हुने रकम समावेश गरिएको छ। यस्तै बागमती प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानलाई पनि बजेटमा समेटिएको छ

नगरपालिकाले आन्तरिक आयतर्फ रु ७ करोड संकलन गर्ने लक्ष्य लिएको छ। त्यसैगरी जनसहभागिताबाट रु १ करोड ५० लाख, सडक बोर्डबाट रु ५० लाख, मालपोत रजिस्ट्रेशन शुल्कबाट रु ६ करोड तथा नदीजन्य पदार्थबाट रु ७ करोड आम्दानी हुने अनुमान गरिएको छ। चालु वर्षको जिम्मेवारी रकम समेत बजेटमा समावेश गरिएको जनाइएको छ।

विनियोजनतर्फ कुल रु १ अर्ब १ करोड ६३ लाख ६६ हजार बजेटलाई आर्थिक ऐन तथा विनियोजन ऐन २०८३ मार्फत विभिन्न शीर्षकमा खर्च गर्ने व्यवस्था गरिएको छ।

बजेट निर्माण प्रक्रियामा सहयोग पुर्‍याउने जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै नगर नेतृत्वले बजेट कार्यान्वयनमा सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गरेको छ।

 

अनुमानित आय व्यय यस्तो छ :-

 

Share:

सम्बन्धित समाचारहरु