काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकलाई बिहीबार बिहान प्रहरीले परिवारको जिम्मा लगाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आवश्यक परेका बेला उपस्थित हुने सर्तमा उनीहरूलाई जिम्मा लगाइएको हो।
अध्यक्ष ओलीलाई त्रिवि शिक्षण अस्पतालबाट र नेता लेखकलाई नेपाल प्रहरीको २ नम्बर गणबाट परिवारको सदस्यहरूको साथ पठाइएको एसपी पवन भट्टराईले जानकारी दिए। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा गत चैत १४ गते उनीहरूलाई निवासबाटै नियन्त्रणमा लिइएको थियो।


