एसईईमा नक्कली परीक्षार्थी पक्राउ, दुई जना नियन्त्रणमा

हेटौंडा, २० चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

हेटौंडा–१० स्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट करिब १८ वर्षीय बिराज बिकलाई परीक्षा दिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको पुष्कर बोगटीले जानकारी दिए। बिकले अर्काको नाममा जारी प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिइरहेका थिए। उनले अंकिश श्रेष्ठको नाम प्रयोग गरेको खुलेपछि प्रहरीले श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।–00–

तस्विरः एआई

Share:

सम्बन्धित समाचारहरु