प्याराडाइजका खेलाडीलाई खेल सामग्री सहयोग

रत्ननगर, १५ भदौं । रत्ननगर नगरपालिका वडा नं ७ मा रहेको प्याराडाइज युवा क्लवका खेलाडीहरुलाई शुक्रबार जुत्ता र मोजा हस्तान्तरण गरिएको छ ।

समाजसेवी शरद कुमार चौधरी र रमेश चौधरीको आर्थिक सहयोगमा क्लवमा आबद्ध १६ जना खेलाडीलाई जुत्ता र मोजा प्रदान गरिएको हो । मैनाहा युवा क्लवले आयोजना गर्न लागिको फुटबल प्रतियोगितालाई लक्षित गरी खेलाडीलाई जुत्ता र मोजा सहयोग गरिएको समाजसेवी शरदकुमार चौधरीले बताए ।

शुक्रबार विहान आयोजित एक औपचारिक कार्यक्रमका बीच वडाध्यक्ष सजना महतो,क्लवका अध्यक्ष मथुरा चौधरी र समाजसेवी गोविन्द खोलाकीले सयुक्त रुपमा खेलाडीलाई जुत्ता र मोजा हस्तान्तरण गरेका थिए ।

सो अबसरमा वडाध्यक्ष महतोले प्याराडाइज युवा क्लले उत्पादन गरेका खेलाडीहरु खेलकुदको विकासका लागि राष्ट्रिय स्तरमा योगदान दिएको बताए ।

कार्यक्रममा र न पा ७ का वडा अध्यक्ष सजना महतोले कार्यक्रममा खेल ले खेलाडीहरूलाई स्वास्थ्य र अनुशासीत बनाउने भएकोले खेलाडीहरूको उज्ज्वल भबिष्यको कामना गर्दै सहयोग गर्नु हुने रमेश र शरदलाई धन्यवाद दिनु भयो । वडा नं. ७ का वडा अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि समेत हुन।

कार्यक्रममा प्याराडाईज यूवा क्लबका अध्यक्ष मथुरा महतो, सौराहा थारू भिलेजका श्रीराम सिलवाल, होटल ग्रिल दरबारका बुधई महतो, स्थानीय गोबिन्द रिजाल, जनुवा महतो, अनिल महतो ,थारू पत्रकार संघका जिल्ला अध्यक्ष दिपेश चौधरीको उपस्थिति रहेको थियो ।

 

Share:

सम्बन्धित समाचारहरु