छिट्टै हुन्छ राष्ट्र बैंकमा गभर्नर नियुक्ति : सरकारका प्रवक्ता गुरूङ

काठमाडौं, ४ वैशाख । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल राष्ट्र बैंकमा चाँडै गभर्नर नियुक्ति हुने बताएका छन्।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै बोल्दै गर्दा उनले भने, ‘गभर्नर नियुक्तिमा केही ढिलाइ भए पनि समग्र अर्थतन्त्रको सुधार ल्याउन सक्षम व्यक्तित्वको चयन गर्नुपर्ने भएकाले प्रक्रिया चलिरहेको छ।’

उनले गभर्नर नियुक्ति सबै दलको चासोको विषय भएकाले यसमा राजनीतिक तहबाट छलफल भइरहेको स्पष्ट पारे। ‘हिजो मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गभर्नर नियुक्तिको विषयमा सहमति भएको छ,’ उनले भने, ‘अब संयन्त्रको बैठक बस्दैछ, त्यसले नीतिगत मार्गनिर्देशन गर्नेछ। समस्या चाँडै समाधान हुन्छ।’

गुरूङले राष्ट्र बैंक कार्यवाहक गभर्नरको भरमा मात्र सञ्चालन भइरहेकाले स्थायी गभर्नरको आवश्यकताबारे पनि जोड दिए।–00–

Share:

सम्बन्धित समाचारहरु