काठमाण्डौं । शनिबार पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मा उपचाररत छन्। उनलाई पिसाबमा इन्फेक्सनसहित उच्च रक्तचाप, थाइराइड कमी, मिर्गौला र मुटुसम्बन्धी समस्या देखिएको छ। पित्तथैलीमा २२ एमएमको पत्थरी रहेकाले केही दिनपछि शल्यक्रिया गरिने सम्भावना छ।
त्यस्तै, पूर्वऊर्जामन्त्री दीपक खड्का पनि सोही अस्पतालमा भर्ना छन्। बान्ता र पखालाका कारण उपचार भइरहेको उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।–00–


