चितवनमा EV माइक्रो र टिफर ठोक्किँदा १३ जना घाइते, एक गम्भीर

चितवन — चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने क्षेत्रमा EV माइक्रो र टिफर एक–आपसमा ठोक्किँदा १३ जना घाइते भएका छन्। दुर्घटना २०८२ चैत १८ गते बिहान करिब ११:४६ बजे भएको हो।

काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ००९३ नम्बरको EV माइक्रो र विपरीत दिशाबाट जाँदै गरेको ना २ क ५८८ नम्बरको टिफर ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। माइक्रोमा धार्मिक भ्रमणका लागि महोत्तरीको बर्दिबास नगरपालिका–६ बाट आएका “न्यु सरस्वती स्वावलम्बन महिला केन्द्र”का सदस्यहरू सवार थिए।

दुर्घटनामा चालकसहित १३ जना घाइते भएका छन्, जसमा १ जनाको अवस्था गम्भीर, ९ जनाको मध्यम र ३ जनाको सामान्य रहेको छ। घाइतेहरूलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा पठाइएको छ।

भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचाररत घाइतेहरू:

  • चालक श्याम कार्की (४०) — दाहिने खुट्टामा मध्यम चोट
  • शिबदेबी मण्डल (७०) — अनुहारमा मध्यम चोट
  • बिर्जदेबी ठाकुर (४५) — निधारमा सामान्य चोट
  • लक्ष्मी मिया देवी शाह (५६) — अनुहारमा सामान्य चोट
  • सतिया आदम (५५) — बाँया खुट्टामा सामान्य चोट

मौलाकालिका अस्पतालमा उपचाररत घाइतेहरू:

  • सिता देवी (३८) — शरीरका विभिन्न भागमा मध्यम चोट
  • मञ्जु ठाकुर (४०) — शरीरका विभिन्न भागमा मध्यम चोट
  • तपेश्वरी ठाकुर (७०) — शरीरका विभिन्न भागमा मध्यम चोट
  • सावित्री शाह (५०) — शरीरका विभिन्न भागमा मध्यम चोट
  • शोभा मण्डल (३५) — शरीरका विभिन्न भागमा मध्यम चोट
  • बसन्ती आले (४३) — शरीरका विभिन्न भागमा मध्यम चोट
  • राम प्यारी शाह (६८) — शरीरका विभिन्न भागमा मध्यम चोट
  • एक जना अन्दाजी ४० वर्षीया महिला — गम्भीर (नाम, थर खुल्न बाँकी)

दुर्घटनापछि केही समय सडक एकतर्फी अवरुद्ध भएको थियो। इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षक प्रतिक सिंहको कमाण्डमा टोली र जुगेडीबाट प्रहरी नायब निरीक्षक यमप्रसाद सापकोटाको नेतृत्वमा खटिएको टोलीले उद्धार तथा ट्राफिक व्यवस्थापन गरेको थियो।

दुबै सवारी साधन घटनास्थलमै रहेको र टिफर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु