काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा सुहाङ नेम्वाङ ले दाबी प्रस्तुत गरेका छन्।
आज च्यासलस्थित पार्टी मुख्यालयमा बसेको संसदीय दलको बैठकमा नेम्वाङले औपचारिक रूपमा आफ्नो दाबी पेश गरेका हुन्। नेम्वाङ प्रतिनिधि सभा निर्वाचन २०८० अन्तर्गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट इलाम जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित भएका हुन्।–000–

