आज देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने,केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

चैत १५ काठमाडौँ । देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम आंशिक बदली भएको हो ।आज प्रदेश १, वाग्मती र गण्डकीमा मौसम पूर्णरुपमा बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।ती ठाउँका एक/दुई ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।चितवन तथा काठमाण्डौमा अहिले मौसम धुम्मिएको छ। मौसमविद् भट्टराईकाअनुसार काठमाण्डौमा वायुमण्डलको सतहमा बादल विकसित भएको छ ।

पानी नपर्दा र हावा नचल्दा मौसम धुम्मिएको मौसमविद् भट्टराईले बताउनुभयो । त्यस्तै आज राति प्रदेश १, वाग्मती र गण्डकीबाहेक अरु ठाउँको मौसम सफा रहने अनुमान छ । तराईमा गर्मी बढेकाले आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्को आग्रह छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु