काठमाडौं, १२ चैत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गरेको छ।
आज बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार संसदीय दलको बैठकले शाहलाई दलको नेतामा चयन गरेको हो। केन्द्रीय समिति बैठकमा शाहलाई दलको नेता बनाउने प्रस्ताव पार्टी सभापति रवि लामिछाने ले पेश गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको पार्टीका प्रवक्ता मनिष झा ले जानकारी दिए।
रास्वपाले यसअघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा सहभागी भएको थियो। शाह झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।–00–


