सकियो नवनिर्वाचित सांसदहरूको शपथ, ६३ जनाले मातृभाषामा लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा सांसदहरूले शपथ लिएका हुन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका हुन्।

संसद् सचिवालयका अनुसार कुल ६३ जना सांसदले नेपाली बाहेक आफ्ना मातृभाषामा शपथ लिएका छन्। शपथ ग्रहण कार्यक्रममा सांसदहरू आ–आफ्ना सांस्कृतिक पहिचान झल्किने भेषभूषामा सिंहदरबार पुगेका थिए।

Share:

सम्बन्धित समाचारहरु