काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा निर्वाचन आयोगमा छलफलका लागि पुगेका छन् ।
थापा सम्पूर्ण केन्द्रीय समिति सहित पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा छलफलमा सहभागी भएका हुन् । चुनाव चिन्ह लगायतका विषयमा आयोगसँग छलफल भइरहेको जनाइएको छ । थापा नेतृत्वको कार्यसमितिले यसअघि हिजो नै निर्वाचन आयोगमा पुगेर पार्टीको आधिकारिकता दाबी गरेको थियो ।
यसैबीच, शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले पनि आज आयोगमा पुगेर पार्टीको आधिकारिकता दाबी गरेको छ ।–00–

