रवि लामिछानेलाई भेट्नुअघि बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्नुअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ ।

सबै पक्षलाई मिलाउने प्रयास भइरहेको र सहमतिमा हस्ताक्षर गर्नुअघि बालेन र कुलमानबीच छलफल हुने तय भएको बालेननिकट स्रोतले जनाएको छ । “कुलमान घिसिङ र मेयर साबबीच भेटवार्ता हुँदैछ । सबै पक्षलाई मिलाउने प्रयास भइरहेको छ । सहमतिमा हस्ताक्षर हुने विषयमा अहिले नै यकिन भन्न सकिने अवस्था छैन,” स्रोतले भन्यो ।

यसअघि शुक्रबार राति मेयर बालेन शाह आफ्ना सल्लाहकार कुमार बेन, भूपदेव शाह, केपी खनाललगायत व्यक्तिसँग ललितपुरको गोदावरी क्षेत्रमा छलफलमा बसेका थिए ।–00–

Share:

सम्बन्धित समाचारहरु