काठमाडौं । उदयपुरबाट ठूलो परिमाणको गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका क्षेत्रमा पर्ने मदन भण्डारी सडकखण्डबाट ७५० किलो गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो ।
प्रहरी प्रवक्ता केदारमान दोङका अनुसार को१ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो । जिपचालक बेलटार नगरपालिका–६ का रवीन राई र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद गाँजा, जिप र पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


