जेलमुक्तिपछि रवि लामिछाने सक्रिय, बालेनसँग वान–टु–वान भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ।

भेटमा रास्वपाका उपसभापति डिपी अर्याल पनि सहभागी रहेको जनाइएको छ। स्रोतका अनुसार रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित निवासमा उनीहरूबीच एकान्त (वान–टु–वान) छलफल भइरहेको छ।

भेटवार्तामा समसामयिक राजनीतिक अवस्था र आगामी योजनाबारे गहन छलफल भइरहेको बताइएको छ। शनिबार जेलमुक्त भएपछि लामिछानेले राजनीतिक गतिविधिलाई थप सक्रिय बनाएका छन्, जसका कारण उक्त भेटलाई चासोका साथ हेरिएको छ।–0–

Share:

सम्बन्धित समाचारहरु