चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव पौष ११ देखि १३ गतेसम्म

चितवन, १४ मंसिर —
रत्ननगर नगरपालिका, क्षेत्रीय होटल संघ नेपाल–चितवन र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको संयुक्त आयोजनामा १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आगामी पौष ११ देखि १३ गते (December 26–28, 2025) सम्म सौराहामा हुने भएको छ।

नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको काखमा आयोजित यो महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नेछन्।

हात्तीमैत्री मापदण्ड कडाइका साथ लागू

पछिल्ला वर्ष हात्तीमाथि क्रूरताको आलोचना उठेपछि यस वर्षदेखि महोत्सवमा कडाइका साथ वन्यजन्तु–मैत्री मापदण्ड लागू गरिएको आयोजकहरूले बताएका छन्।
• धारिलो वा हानिकारक उपकरणको प्रयोग पूर्णरूपमा निषेध
• सबै हात्तीहरूको प्रतियोगिताअघि–पछि पशु चिकित्सकबाट अनिवार्य स्वास्थ्य परीक्षण
• मात्र योग्य माहुत सहभागि
• प्रतिस्पर्धाभन्दा परम्परा, सद्भाव र संरक्षणमा जोड

आयोजक, चितवन राष्ट्रिय निकुञ्ज, DNPWC, नेपाल पर्यटन बोर्ड र पशु चिकित्सकको समन्वयमा मापदण्ड तयार गरिएको छ।

करिब ७०–८० हात्ती सहभागी हुने यस महोत्सवमा विभिन्न आकर्षक कार्यक्रम हुनेछन्—
• हात्ती शोभा यात्रा
• हात्ती श्रृंगार प्रतियोगिता
• हात्ती स्वास्थ्य शिविर
• हात्ती बनभोज
• विभिन्न जातीय झाँकी
• हात्तीमैत्री प्रतिस्पर्धात्मक कार्यक्रम
• सफारी प्रवर्द्धनका लागि विशेष टूर

पर्यटक आगमनमा ३०% सम्म वृद्धि

वि.सं. २०५५ देखि सुरु गरिएको हात्ती तथा पर्यटन महोत्सवले हरेक वर्ष २५–३०% पर्यटक वृद्धि गराउँदै आएको आयोजक समितिको दाबी छ।

महोत्सव अवधिमा सौराहाका क्षेत्रीय होटल संघ र REWAN मा आवद्ध होटल तथा रेस्टुरेन्टले १०% छुट प्रदान गर्नेछन्।

सांस्कृतिक, शैक्षिक तथा डिजिटल प्रवर्द्धन

महोत्सवमा—
• स्थानीय कलाकर्मीहरूको सांस्कृतिक प्रस्तुति
• विद्यालयस्तरीय वक्तृत्वकला
• मानव–वन्यजन्तु सहअस्तित्व विषयक चित्रकला
• महिला उद्यमी तथा स्थानीय उत्पादकहरूको स्टल
• राष्ट्रिय/अन्तर्राष्ट्रिय ब्लगर, पत्रकार र युट्युबरमार्फत डिजिटल प्रवर्द्धन

समेत हुनेछन्।

Share:

सम्बन्धित समाचारहरु