मंगल ग्रहमा चट्याङको पहिलो पुष्टि: पर्सिभरेन्स रोभरले आवाज टिप्यो

काठमाण्डौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सिभरेन्स रोभरले मंगल ग्रहमा पहिलोपटक बिजुली चम्किएको (चट्याङ) घटनाको प्रमाण रेकर्ड गरेको छ। मंगलमा धुलोको आँधी चलेका बेला रोभरको माइक्रोफोनमा सानो ‘झट्काजस्तो’ आवाज रेकर्ड भएको हो।

वैज्ञानिकहरू लामो समयदेखि मंगलको धुलोले भरिएको वातावरणमा विद्युतीय ऊर्जा उत्पन्न हुन्छ कि हुँदैन भन्ने विषयमा बहस गर्दै आएका थिए, तर अहिलेसम्म प्रमाण भेटिएको थिएन। २०२१ देखि मंगलमा कार्यरत पर्सिभरेन्स रोभरले रेकर्ड गरेको यो विद्युत गतिविधि पृथ्वीमा देखिने ठूलो चट्याङजस्तो नभई कारको ढोका छुँदा महसुस हुने हल्का झट्काजस्तै मात्र हो—छोटो, कमजोर र केही मिलिमिटरदेखि सेन्टिमिटर मात्र लम्बाइको।

धुलोका कण एक–अर्कासँग ठोक्किँदा इलेक्ट्रोन सर्ने क्रममा सानो विद्युतीय चार्ज उत्पन्न हुन्छ र हल्का आवाज निस्कन्छ। वैज्ञानिक पत्रिका नेचर ले यसबारे विस्तृत अनुसन्धान प्रकाशित गरेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु