भदौ १६, गैंडाकोट । लायन्स क्लब अफ चितवन सेन्ट्रलले मधुमेह , टिबी रोग र नशाको समस्या बाट पीडित चिन्तामणी महत्तोलाई आर्थिक सहयोग गरेको छ । गैंडाकोट नगरपालिका वडा नं १ गंगा नगर निवासी ३९ बर्षीय महतो लाई ३५०००/- (पैतीस हजार) रुपैंया आर्थिक सहयोग गरेको हो ।
क्लबका अध्यक्ष सन्तोष मल्लिकले महत्तोलाई १लाख स्वास्थ्य बीमाका लागि रु. ३५००/- सहित ३५,०००९/- (पैतीस हजार) रुपैंया दिईएको जानकारी दिए ।
महत्तोको घरमै पुगेर क्लबका सदस्य सहितको टोलीले सो रकम हस्तान्तरण गरेका हुन्। बिरामी महत्तोको थप उपचारका लागि क्लबले स्वास्थ्य संस्था सँग सहजीकरण गरी उपचारमा सहजता प्रदान गरिने बताएको छ।