झुवानी सामुदायिक पुस्तकालयकाे आयोजनामा अन्तर मावि वक्तृत्वकला प्रतियोगिता : पञ्चकन्याकि स्मृति पाण्डे प्रथम

चितवन, भदौ १३ ।

पूर्वि चितवनमा रहेको झुवानी सामुदायिक पुस्तकालयले १७औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा रत्ननगर नगरपालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । झुवानी सामुदायिक पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ५ को समन्वयमा रहेको थियो ।

निरन्तर शिक्षाको लागि पुस्तकालय” भन्ने नाराका साथ मनाइरहेको १७औं राष्ट्रिय पुस्तकालय दिवशको अवसरमा झुवानी सामुदायिक पुस्तकालयले “समुन्नत समाज निर्माणका लागि सामुदायिक पुस्तकालयको भुमिका” भन्ने बिषयमा रत्ननगर अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

रत्ननगर नगरपालिका भित्रका १२ विद्यालयका २४ बिधार्थीहरुको सहभागी मध्य प्रतियोगितामा पञ्चकन्या माविकी स्मृति पाण्डे प्रथम, स्काइराइडर आवासीय माविकी सनजिना सुवेदी द्वितिय, ग्रीन सोसाइटी पब्लिक स्कुलकी प्रशंसा पाण्डे तृतीय ,माधवपुर माविका सुजन सिमखडा र झुवानी मावीका रेगन पुलामी मगरले सान्तवना भएका छन । प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र सान्त्वना हुनेलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको समुद्घाटन समारोहमा बोल्दै रत्ननगर नगरपनलिका वडा नं. ५ का वडा अध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथि बालकृष्ण चापागाईले शिक्षा विना धेरै कुराहरुबाट वन्न्चित हुनुपर्ने अवस्थाबाट पार पाउनको लागि सामुदायिक पुस्तकालय कोषे ढुङ्गा सावित भएको बताउनु भएको थियो ।

पुस्तकालयका अध्यक्ष अनिल अर्यालको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगितामा बिरिष्ठ साहित्यकार धनराज गिरी ,हिरा अर्याल अधिकारी, अम्विका खतिवडाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव विजय चौधरीले गर्नु भएको थियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु