मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या

जनकपुरधाम । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या भएको छ।

शुक्रबार साँझ करिब ६ बजे उनीमाथि अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेपछि घटनास्थलबाट फरार भएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्। गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ।

स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित वडाध्यक्ष यादवको हत्यापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको जनाइएको छ। प्रहरीले घटनामा संलग्न समूहको खोजी तथा अनुसन्धान तीव्र पारेको छ।—-

Share:

सम्बन्धित समाचारहरु