चितवन, ३० चैत । स्कुलकाे बस ठूलो दुर्घटनाहुनबाट जाेगाएकाे भन्दै चितवन कालिकाका एकजना चालकलाई नगद सहित सम्मान गरिएको छ ।
कालिका नगरपालिका वडा नं ४ स्थित चित्रवन स्कुलकाे गत मंसिर ८ गते अध्ययन भ्रमणमा जाने क्रममा गाडी दुर्घटना भएको थियो । दुर्घटनामा परेर विद्यालयका प्रिन्सिपलका छाेराकाे मृत्यु समेत भएको थियोे ।
पहाडी भेगमा अध्ययन भ्रमणकाे क्रममा भएको दुुर्घटनामा थप क्षतिहुन नदिन चालकले ठूलो विवेक पुर्याएकाे भन्दै स्कुलले नतिजा प्रकाशन कार्यक्रममा नगद ५ हजार सहित सवारी चालक जितेन्द्र महताेलाई सम्मान गरिएको हाे ।
स्कुलका अभिभावक संघका अध्यक्ष इश्वरीप्रसाद दाहालले चालकलाई हाैसला स्वरूप आफ्नो व्यक्तिगत तर्फबाट उनलाई नगद प्रदानगर्नुभएकाे हाे ।
सो दुर्घटनामा उहाँको भाइबुहारी समेत रहनुभएकी विद्यालयको शिक्षिका सुस्मा अधिकारी ( दाहाल ) र कक्षा ७ मा अध्यनरत छोरि सम्पदा दाहाल समेतपर्नु भएको थियोे ।।–00–


