यूएईविरुद्ध नेपालले १४१ रनको लक्ष्य दियो

काठमाडौं ।

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर–६ अन्तर्गत नेपालले यूएईलाई १४१ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनायो। ओपनर आसिफ शेखले ४७ बलमा ५१ रन बनाएर टोलीको इनिङ्स सम्हाले।

त्यस्तै कुशल भुर्तेलले २८, कप्तान रोहित पौडेले २० र गुलशन झाले ५ बलमा १४ रन जोडे। सुरुवाती १० ओभरमा ७३ रन बनाएको नेपालको रन गति अन्त्यतिर सुस्त रह्यो।

यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान १–१ विकेट लिए।

Share:

सम्बन्धित समाचारहरु