मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन बन्द, ढुंगा झर्ने क्रम रोकिएन

चितवन — लगातार परेको भारी वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन दुईतर्फी रूपमा बन्द गरिएको छ। तुईन खोलानजिकै पहाडबाट ढुंगा र माटो खस्ने क्रम रोकिएको छैन, जसले सडक खुलाउने कार्य कठिन बनेको स्थानीय प्रशासनले जनाएको छ।

सडकमा निरन्तर ढुंगा झर्ने र पानीको बहाव बढ्दो अवस्थामा रहेकाले पहिरो पन्छाउने काम तत्काल सम्भव नभएको सुरक्षा निकायका स्रोतले बताएका छन्। अहिले उक्त क्षेत्र पहिरोको उच्च जोखिममा रहेकोले अति आवश्यक बाहेक यात्रा नगर्न जिल्ला प्रशासनले आग्रह गरेको छ।

यात्रा गर्नै परेमा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी मात्र यात्रा गर्न अनुरोध गरिएको छ। सुरक्षाको दृष्टिकोणले हाल सो खण्डमा रहेका सवारीसाधनहरूलाई सुरक्षा निकायले होल्ड गरेर राखेको जनाइएको छ।–00—

Share:

सम्बन्धित समाचारहरु