देशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आइतबार (असोज १२) देशका केही भू–भागमा वर्षा हुने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोसी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा ‘भारी वर्षा’ पर्ने सम्भावना छ ।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

  • साधारणतया बदली : ५१–७५ % आकाशमा बादल

  • आंशिक बदली : २६–५० % आकाशमा बादल

महाशाखाले जारी गरेको आइतबार बिहानको बुलेटिनमा उल्लेख छ :
“कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।”

दशैंका प्रमुख दिनको मौसम

  • (अष्टमी) : कोसी र मधेशसहित देशका पहाडी भू–भागमा साधारणतया बदली, अन्य भू–भागमा आंशिक बदली रहनेछ ।

  • नवमी र विजयादशमी : कोसी, मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

वर्षाको वर्गीकरण

  • हल्का वर्षा : १० मि.मि. भन्दातल

  • मध्यम वर्षा : १०–५० मि.मि.

  • भारी वर्षा : ५०–१०० मि.मि.

  • धेरै भारी वर्षा : १००–२०० मि.मि.

  • अति भारी वर्षा : २०० मि.मि. भन्दा बढी

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको र स्थानीय वायु आंशिक सक्रिय रहेको महाशाखाले जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरु