प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी कार्कीले पहिलोपटक औपचारिक सम्बोधन गर्न लागेकी हुन् ।

भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको हो ।

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ । उनको नेतृत्वमा तेस्रो पटक मन्त्रिमण्डल विस्तार भइसकेको छ भने सरकारको प्राथमिक कार्यभार निर्वाचन सम्पन्न गर्नु रहेको छ ।

Share:

सम्बन्धित समाचारहरु