रास्वपाको दाबी : कारागार प्रशासनकै आग्रहमा सभापति रवि लामिछानेको जिम्मा लिइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारागार प्रशासनको आग्रहपछि सभापति रवि लामिछानेको जिम्मा लिएको दाबी गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय समितिको बैठकपछि सहप्रवक्ता प्रतिभा रावलले कारागार प्रशासनले नै सुरक्षा चुनौती देखाएर पटकपटक सम्पर्क गरेपछि पार्टीका नेताहरूले सभापतिको जिम्मा लिएको बताइन् ।

“उहाँको सुरक्षा चुनौतीलाई लिएर कारागारबाट खबर आइसकेपछि कार्यवाहक सभापति, स्वकीय सचिवलाई, पार्टीका नेतालाई फोन आइसकेपछि जो नजिक हुनुहुन्थ्यो, उहाँहरू गएर लिएर आएको अवस्था हो,” रावलले भनिन् ।

उनले नक्खु कारागारको लेटरहेडमा आएको पत्रको जिम्मेवारी कारागार प्रशासनकै हुने स्पष्ट पारिन् । “राज्यको निकायबाट नक्खु कारागारको लेटरहेडमा आएको पत्र छ । त्यसको जवाफदेहिता हाम्रो हुन्छ कि नक्खु कारागारको हुन्छ ? हामीलाई त जे दिइयो, त्यही लिएर आएको हो,” उनले भनिन् ।

Share:

सम्बन्धित समाचारहरु